बागलुङमा एक पुरुष आफ्नै सुत्ने कोठामा मृत फेला

Share:

बागलुङ । बागलुङमा आइतबार एक पुरुष आफ्नै सुत्ने कोठामा मृत अवास्थामा फेला परेका छन् । आइतबार करिब ०२ः३० बजे निसिखोला गाउँपालिका–४ का २७ वर्षीय नबिन बुढा मृत फेला परेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार बुढा गलकोट नगरपालिका–६ गहते स्थित गोपाल खत्रीको घरमा काम गरी श्रीमान श्रीमती सँगै बस्दै आएका थिए ।

घठनाका बारे मृतककै श्रीमतिले टेलिफोन मार्फत प्रहरीलाई जानकारी गराएको र उक्त स्थानमा तत्कालै प्रहरी टोली पुगेर बुझ्दा अत्याधिक मादक पदार्थ सेवन गर्ने गरेको भन्ने बुझिएको बताइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: