गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ सय ४४ पुग्यो

Share:

पोखरा । गण्डकी प्रदेशमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या १ सय ४४ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेशमा संक्रमित संख्या १ सय ४४ पुगेको हो ।

नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व) का १७ जना, म्याग्दीका १ जना र बागलुङका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

नवलपरासी बौदीकाली गाउँपालिकाको क्वारेन्टिनमा रहेका ४०, १९, ३०, १८, २२, २१, १९, २२, ४०, २०, १८ र ३० का १२ जना पुरुष, गैडाकोट नगरपालिकाको क्वारेन्टिनमा रहेका ३३ र ३९ का २ जना पुरुष र कावासोतीको क्वारेन्टिनमा रहेका २१ र ४० का २ जना पुरुष तथा ६३ बर्षिया एक महिलामा संक्रमण पुष्टि भएको हो ।

यस्तै म्याग्दीको बेनी नगरपालिकाको क्वारेन्टिनमा रहेका ४६ बर्षीय पुरुष, बाग्लुङको निसीखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका २१, २६ र २७ का ३ जना पुरुष तथा बरेङ गाउँपालिकाको क्वारेन्टिनमा रहेका २४, २२, १८, २४, १८, ४९, २३ र २७ का ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित व्यक्तिहरुलाई अहिले सम्बन्धित जिल्लाको सरकारी अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी भएको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङका ४० जना, स्याङ्जाका ३८ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३४ जना, लमजुङका १ जना, म्याग्दीका ३ जना, तनहुँका ३ जना, गोरखाका ११ जना र कास्कीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

संक्रमित मध्ये बागलुङका २ जना र लमजुङका १ जना निको भइ घर फर्किसकेका छन् । यस्तै गण्डकी प्रदेशमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: