विश्वमा कोरोनाबाट ७१ लाख ८५ हजार बढी संक्रमित

Share:

काठमाडौँ । विश्वभर कोरोना (कोभिड–१९) बाट संक्रमितको संख्या ७१ लाख ८५ हजार ५ सय ७३ जना पुगेको छ। पछिल्लो तथ्याङ्क अनुसार विश्वमा ४ लाख ८ हजार ९ सय ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने विश्वमा संक्रमणमुक्त हुनेको संख्या ३३ लाख ५२ हजार ६ सय ६५ रहेको छ ।

सबैभन्दा प्रभावित अमेरिकामा अहिलेसम्म १९ लाख ७३ हजार ८ सय ३ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ १ लाख ११ हजार ७ सय ५१ जनाको मृत्यु भएको छ।

त्यस्तै, ब्राजिलमा संक्रमित संख्या ७ लाख ७ हजार ४ सय १२ पुगेको छ । त्यहाँ ३७ हजार १ सय ३४ को संक्रमणबाट मृत्यु भएको छ । रुसमा ४ लाख ८४ हजार ६ सय ३० जनामा संक्रमण पुष्टि भएको छ । बेलायतमा २ लाख ९० हजार ५ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ बेलायतमा ४० हजार ९ सय ६८ जनाको संक्रमणबाट मृत्यु भएको छ।

यता छिमेकी देश भारतमा २ लाख ७६ हजार १ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ ७ हजार ७ सय ५० जनाको संक्रमणबाट मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: