
काठमाडौँ । नेपालमा आज (बुधबार) थप २७९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २५७ पुरुष र २२ जना महिलामा संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा मोरङ ८ जना, झापाका ५ जना, चितवनको २ जना, उदयपुरका १ जना, नवलपुरका ३ जना, सर्लाहीका २७ जना, कपिलवस्तुका ४८ जना, नवलपरासी पश्चिमका ५ जना, पाल्पाका १२ जना, प्युठानका ६ जना, रुपन्देहीका ७ जना, बाँकेका ३ जना, बर्दियाका १ जना, सप्तरीका ६ जना, दैलेखका २५ जना, जाजरकोटका ३ जना, सुर्खेतका ९ जना, दार्चुलाका १ जना, कैलालीका १२ जना, कञ्चनपुका २ जना, डडेलधुराका १ जना, धादिङका १६ जना, धनुषाका ११ जना, गोर्खाका ४ जना, नुवाकोटका १ जना, रौतहटका ५३ जना, सिन्धुपाल्चोकका २ जना, सिराहाका १ जना र उदयपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ यस ६४ पुगेको छ । जसमध्य ४५५ पुरुष र ३०९ महिला छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ९० जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरु मध्य ८८ जना पुरुष र २ जना महिला छन् ।
कोसी अस्पतालबाट ६ जना, कोभिड–१९ युनिफाइड कमाण्ड अस्पताल बलम्बुबाट १ जना, कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १८ जना, बिपी कोइराला प्रतिष्ठान धरानबाट १ जना, कोभिड–१९ अस्पताल जनकपुरबाट ३७ जना, महेन्द्रगेनाइ आइसोलेशन सिराहाबाट २० जना र कोरोना अस्पताल दाङबाट ७ जना डिस्चार्ज भएका हुन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६७४ पुगेको छ । जसमध्य ५९५ जना पुरुष र ७९ जना महिला छन् ।
अहिलेसम्म कोरोनाको संक्रमण ७२ जिल्लामा फैलिएको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भइसकेको छ ।
