विश्वमा कोरोनाबाट ७३ लाख ५७ हजार संक्रमित, ४ लाख १६ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ७३ लाख ५७ हजार ११ पुगेको छ। पछिल्लो तथ्याङ्क अनुसार विश्वभर ४ लाख १६ हजार ८४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यस्तै विश्वभर ३४ लाख ५१ हजार ६ सय ६४ जना संक्रमणमुक्त भएका छन्।

सबैभन्दा धेरै प्रभावित अमेरिकामा सर्वाधिक १९ लाख ९९ हजार ३ सय १३ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ १ लाख १२ हजार ८ सय ३३ को संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै, ब्राजिलमा संक्रमितको संख्या ७ लाख ७२ हजार ४ सय १६ पुगेको छ । त्यहाँ ३९ हजार ६ सय ८० जना संक्रमितको मृत्यु भएको छ । रुसमा ४ लाख ९३ हजार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलायतमा संक्रमित संख्या २ लाख ९१ हजार ५ सय ८८ पुगेको छ । त्यहाँ ४१ हजार २ सय १३ जना संक्रमणबाट मृत्यु भएको छ ।

यता छिमेकी देश भारतमा २ लाख ७६ हजार ५ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ कोरोना भाइरसको कारण ७ हजार ७४५ जनाको मृत्यु भइसकेको छ ।

कमेन्ट गर्नुहोस्
Share: