पोखराको मणिपाल अस्पतालमा उपचाररत एक जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालमा उपचाररत पर्वतको कुश्मा नगरपालिकाका ३५ बर्षीय पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सवारी दुर्घटनाबाट घाइते भएपछि एक साता अघि अस्पताल भर्ना भएका उनमा शुक्रबार कोरोना पोजेटिभ देखिएको हो । उनी अहिले अस्पतालको ‘न्यूरो’ शाखाको आइसियूमा रहेको बताइएको छ ।

पर्वतमा शुक्रबारमात्रै १३ जना कोरोना पोजेटिभ देखिएका छन् । जसमध्ये मणिपाल अस्पतालमा देखिएका विरामीबाहेक सबै भारतबाट आएका थिए ।

गण्डकी प्रदेशमा अहिलेसम्म १ सय ८८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

प्रदेशमा हालसम्म बागलुङमा ४० जना, स्याङ्जाका ६० जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ३८ जना, लमजुङका १ जना, म्याग्दीका ३ जना, तनहुँका ४ जना, पर्वतका २२ जना, गोरखाका १५ जना र कास्कीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

संक्रमित मध्ये ११ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: