
काठमाडौँ । शनिबार नेपालमा थप २७३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३६ महिला र २४७ पुरुषमा कोरोना संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा झापाका ५ जना, रौतहटका ९२ जना, मोरङका ४ जना, पर्साका ६ जना, बाराका १ जनामा कोरोना संक्रमण भएको पाइएको छ।
यसैगरी पर्वतका ४ जना, नवलपरासी पश्चिमका १ जना, कपिलवस्तुका २५ जना, दाङका २ जना, दैलेका ३० जना, सुर्खेतका ४२ जना, बाँकेका १८, रोल्पाका १७ जना, बर्दियाका ६ जनामा पनि कोरोना संक्रमण पाइएको छ।
यस्तै महोत्तरीका १ जना, सर्लाहीका १३ जना, गुल्मीका २ जना, रुपन्देहीका ५ जनामा संक्रमण पुष्टि भएको छ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ।
यस्तै शनिबार थप ३६ कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा हालसम्म ९१३ जना उपचारपछि निको भएका छन्। यीमध्ये ९१ पुरुष रहेका छन् भने बाँकी ८२२ पुरुषहरू हुन्।
हालसम्म नेपालमा १८ जना कोरोना संक्रमितको मृत्य भएको छ। आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको हो ।
