
स्याङ्जा । स्याङ्जामा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । वालिङ नगरपालिका–८ कटहरबोट बस्ने ५५ वर्षीय तिल बहादुर थापा मृत अवस्थामा भेटिएका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
आज (शनिबार) करिब ०९ः१५ बजे वालिङ नगरपालिका–९ भुम्रे स्थित पक्की पुल भन्दा २०० मिटर माथी आँधीखोलामा रहेको ढुङ्गाको बिचमा पानीमा तैरिएको अवस्थामा थापाको शव फेला परेको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेन्द्र वावु रेग्मीले जानकारी दिए ।
घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
