
काठमाडौँ । नेकपा सचिवालयको बैठक आज बस्दै छ । अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा अमेरिकी अनुदान सहायता प्रस्ताव एमसीसीबारे छलफल हुने बताइएको छ ।
बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ ।
नेकपाले गत २७ गते पनि सचिवालय बैठक बोलाएको थियो । एमसीसीबारे छलफल गर्ने एजेण्डा तय भएपनि अन्तिम समयमा बैठक स्थगित भएको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यसअघि नै एमसीसी विना शर्त अनुमोदन गर्न सरकारको ध्यानाकर्षण गराएपनि नेकपाभित्रै चर्को विवाद भएपछि एमसीसी अन्योलमा परेको छ ।
नेकपाले नेता खनालको संयोजकत्वमा भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरेको थियो ।
पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।
