तनहुँका थप ५ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमित २०४ पुगे

Share:

पोखरा । तनहुँमा सोमबार थप ५ पुरुषमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

घिरिङ गाउँपालिका स्थायी ठेगाना भई सोहि गाउँपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष ४५, २२, २७, २७, र ४६ का ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार संक्रमितलाइ तनहुँको जीपीकोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसन कक्षमा ल्याइएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ।

गण्डकी प्रदेशमा हालसम्म बागलुङका ४० जना, स्याङ्जाका ६० जना, नवलपरासी बर्दघाट सुस्ता पूर्वका ४५ जना, लमजुङका १ जना, म्याग्दीका ३ जना, तनहुँका ९ जना, पर्वतका २६ जना, गोरखाका १५ जना र कास्कीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमण देखिने जिल्लाको संख्या ९ रहेको छ ।

संक्रमित मध्ये १६ जना निको भइ घर फर्किसकेका छन् । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

 

कमेन्ट गर्नुहोस्
Share: