
पोखरा । मनसुनी गतिविधि सक्रिय हुँदा अहिले देशभरको मौसम बदली भई अधिकांश स्थानमा पानी परिरहेको छ।
आज एकैछिन पानी पर्न रोकिए पनि फेरि पानी परिहाल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा ठूलो पानी पनि पर्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।
हाल नेपालको पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।
अब विस्तारै पश्चिमी वायुको प्रभाव कम हुँदै जाने र मनसुनी वायु सक्रिय हुने बताइएको छ ।
कमेन्ट गर्नुहोस्
