
कृपा भण्डारी पोखरा, ११ पुस / नारी सेवा समिति कास्कीले लेखनाथ सयलापाखाथित श्रीकृष्ण प्रणामी बाल तथा बृद्धाआश्रमलाई नगद सहित लत्ताकपडा र फलफुल सहयोग गरेको छ । समितिले वृद्धाश्रममा रहेका ९ बृद्धबृद्धालाई ब्यल्यााङकेट सहित नगद १६ हजार र फलफुल सहयोग गरेको हो । कार्यक्रमका प्रमुख अतिथि संसदिय विकास समितिका संयोजक रविन्द्र अधिकारीले उतm सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभासद रविन्द्र अधिकारीले लेखनाथ र पोखरा मिले मात्र समग्र कास्कीको विकास सम्भव हुने बताएका छन् । उनले मानविय धर्म पुरा गर्न सबै आ आफनो ठाउँबाट लागिपर्नु पर्ने बताउदै नारी सेवा समितिले मानविय धर्म पृुरा गरेको बताए । उनले समयमै संविधान बनाउन आफुहरु प्रयासरत रहेको भन्दै कास्कीको विकास निर्माणमा आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा विेशष अतिथि पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य विन्दु कोईराला सुवेदीले नारी सेवा समितिले विगत देखि नै सामाजिक कामहरुमा अग्रसरता देखाएको भन्दै समितिलाई अझै सृजनात्मक काम गर्न आग्रह गरिन् । पत्रकार महासंघ नेपालका केन्द्रिय सदस्य शुष्मा पौडेल र सन्चारिका समुह पश्चिमान्चलका उपाध्यक्ष जमुना शर्माले ले एउटा मान्छेको दुख सुखमा अर्को मानिस नै काम लाग्न्ने भन्दै मानविय धर्म लाई कसैले भुल्न नहुने बताएका थिए ।
नारी सेवा समितिका अध्यक्ष सिता बरालले अनाथ बालबालिका र असहाय महिलाहरुलाई आफनो समितिले विगदेखि नै सहयोग गर्दे आएको बताउँदै आउने दिनमा पनि आफुहरुले सामाजिक सेवा गर्दे जाने बताईन् । आश्रमका कोषाध्यक्ष तिलकशाली अधिकारीले लेखनाथमा अलिक पछाडी परेको आश्रमलाई समिलिते गरेको सहयोग अतुलनिय रहेको भन्दै खुशि ब्यतm गरे । समितिका अध्यक्ष सिता बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयोजक सपना गिरि, सदस्य जानकी के.सि, बालसन्त शान्तकुमार पौडेल,गायिका मिना राई लगायतले बोलेका थिए । पत्रकार महासंघ कास्कीका स सचिव कृपा भण्डारीले संचालन गरेको कार्यक्रममा आश्रम समिति सदस्य मेहेश्वर पाण्डले स्वागत मन्तब्य ब्यतm गरेका थिए ।
