
रञ्जन अधिकारी पोखरा, ११ पुस / लेखनाथ साहित्य प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको लेखनाथ साहित्य पुरष्कार सवर्ष बरिष्ठ प्रगतिवादी साहित्यकार मोदनाथ प्रश्रितलाई प्रदान गरिने भएको छ । नेपाली भाषा, साहित्यमा प्रश्रितले पु¥याएको योगदानको कदरगर्दै लेखनाथ साहित्य पुरष्कारबाट सम्मान गर्न लागिएको हो । पुरष्कारको राशी ५० हजार नगद, ताम्रपात्र र दोसल्ला रहेको छ ।
पुरष्कार घोषणा गर्न शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा प्रतिभा छनोट समितिका संयोजक डा. शुक्रराज अधिकारीले पुस १५ गते लेखनाथ पौड्यालको १ सय ३१ औं जन्य जयन्ती दिन पुरष्कारबाट प्रश्रितलाई सम्मान गरिने जानकारी दिए । प्रतिभा छनोट समितिको सदस्यमा प्राडा रविलाल अधिकारी, स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्णप्रसाद बाँस्तोला, डा.बासुदेव त्रिपाठी र डा. प्रतिमा पाण्डे रहनुभएको छ । वि.सं. २०६६ बाट उक्त पुरष्कारबाट यसअघि नेपाल शिक्षा परिषद्, प्राडा बासुदेव त्रिपाठी, मदनमणि दिक्षित, जनकविकेशरी धर्मराज थापा सम्मानित भईसकेका छन् ।
अर्घाखाँची खिदिम हर्राबोटमा जन्मेका प्रश्रित प्रगतिवादी सौन्दय दर्शनका साहित्याकारको रुपमा परिचित छन् । माक्र्सवादी राजनीतिक दर्शनको प्रभावलाई साहित्यमा प्रतिकात्मक बनाएर प्रयोग गर्ने उनको साहित्यमा स्पष्टताको स्वर पाईने गरेको छ । लेखनाथ साहित्य प्रतिष्ठानले कुन्तीदेवी शिक्षा पुरष्कार २०७१ त्रिभुवन उच्च माविकी छात्रा प्रतिज्ञा पाण्डे भण्डारीलाई नगद १० हजार प्रदान गर्ने भएको छ । लेखनाथका सामुदायिक विद्यालयबाट एसएलसीमा सर्वोत्कृष्ट अंक ल्याउनेलाई उक्त पुरष्कार प्रदान गर्दै आएको छ ।
कुन्तादेवी छात्रबृत्ति पनि कविशिरोमणि लेखनाथ प्राविका विद्यार्थीहरुलाई पुस १५ गते प्रदान गरिने लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालले जानकारी दिए । ८ लाख ५० हजारको अक्षयकोषबाट प्रतिषठनले प्रत्येक वर्ष साहित्य पुरष्कार, शिक्षा पुरष्कार र छात्रबृत्ति प्रदान गर्दै आएको छ ।
यसैबीच कविशिरोमणि जन्मस्थल विकास समितिले लेखनाथको १ सय ३१ औं जन्म जयन्ती त्रिदिवसीय कार्यक्रम गरी मनाउने भएको छ । समितिका अध्यक्ष विश्वप्रकाश लामिछानेका अनुसार पुस १३ गते लेखनाथको प्रतिमाचोक अर्घौमा सरसफाई स्थानीय रुपमा खुला कविता प्रतियोगिता, १४ गते विद्यालय स्तरीय कविता लेखन प्रतियोगिता, पुस १५ गते लेखनाथको प्रतिमामा माल्र्यापण र कविशिरोमणि लेखनाथ संग्राहालयको उद्घाटन कार्यक्रम रहेका छन् ।

