
काठमाडौँ । नेपालमा थप ४ सय २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ८८ जना महिला र ३ सय ३८ जना पुरुष गरी ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा झापाका १ जना, मोरङका ४ जना, सर्लाहीका ११ जना, सप्तरीका ४ जना, अछामका ८ जना, बाग्लुङका ३२ जना, बैतडीका ६८ जना, बझाङ ३ जना, बाजुराका ८ जना, डडेलधुराका ९ जना, धादिङ १ जना, डोटिका १५ जना, गोरखाका ११ जना, कैलालीका ४९ जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी कास्कीका ८ जना, काठकाडौँका ३ जना, मकवानपुरका ८ जना, म्याग्दीका १ जना, सिन्धुपाल्चोकका २१ जना, तनहुँका १९, पर्वतका ५ जना, उदयपुरका २ जना, सिन्धुलीका १ जना, चितवनका १ जना, स्याङजा ३ जना, नवलपरासी पुर्वका ४ जना, अर्घाखाँचीका ६ जना, गुल्मीका ९४ जना, कपिलवस्तुका ४ जना, नवलपरासी पश्चिमका १ जना, रुपन्देहीका २ जना, कञ्चनपुर २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा संक्रमितको संख्या ८ हजार नाघेको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार नेपालमा कुल संक्रमितको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।
यस्तै आज कोरोना संक्रमणमुक्त भइ २ सय १६ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज हुनेको संख्या १४ सय २ पुगेको छ।
हालसम्म देशका ७४ जिल्लामा संक्रमण देखिएको छ। नेपालमा हालसम्म २२ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएकोे छ।
