गण्डकी प्रदेशका थप २० जनामा कोरोना पुष्टि

Share:

पोखरा । सोमबार गण्डकी प्रदेशका थप २० जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

सोमबार बिहान पोखरा स्थित प्रदेश क्षयरोग केन्द्रको ल्यावमा गरिएको परीक्षणमा स्याङजाका १० जना पुरुष तथा २ महिला र नवलपरासी बर्दघाट सुस्ता पूर्वका ८ पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार स्याङजा अर्जुनचौपारी गाउँपालिकाका ७ वर्षका ३ बालकसहित १६ देखि ३८ वर्ष उमेर समुहका ५ पुरुष तथा ६ वर्षीय बालिका र ५० वर्षीय महिला र कालीगण्डकी गाउँपालिकाका १४ र ४८ वर्षका २ पुरुषमा कोरोना संत्रलमण पुष्टि भएको छ ।

त्यस्तै नवलपरासी पूर्वका बौदिकाली गाउँपालिकाका १८ देखि ५० वर्ष उमेर समुहका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार हाल क्वारेन्टिनमा रहेका उनीहरुलाई सम्बधित जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।

यससँगै प्रदेशमा संक्रमितको संख्या ५ सय ४० पुगेको निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेशका ४९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: