
कठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ४ लाख ६६ हजार ५ सय ४८ पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म संक्रमित हुनेहरुको संख्या ८९ लाख १८ हजार १ सय १ पुगेको छ। संक्रमित मध्य विश्वभरबाट ४४ लाख ८ हजार १ सय १० जना उपचारपछि निको भएका छन्।
सबैभन्दा धेरै प्रभावित अमेरिकामा संक्रमित संख्या २ लाख ७८ हजार ३ सय ७३ जना पुगेको छ । त्यहाँ १ लाख १९ हजार ९ सय ५९ जनाको मृत्यु भएको छ।
त्यस्तै ब्राजिलमा १० लाख ८३ हजार ३ सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ ५० हजार ५ सय ९१ संक्रमितको मृत्यु भएको छ। रुसमा ५ लाख ८३ हजार ८ सय ७९ जना संक्रमित छन् भने त्यहाँ ८ हजार १ सय १ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
यता भारतमा ४ लाख १० हजार ४ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ१३ हजार २ सय ५४ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ।
बेलायतमा ३ लाख ५ हजार ८ सय ३ जना संक्रमित भएका छन् । त्यहाँ ४२ हजार ७ सय १७ को मृत्यु भएको छ।
