
काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या ९० लाख नाघेको छ। पछिल्लो तथ्यांकअनुसार विश्वभर अहिलेसम्म ९० लाख ७४ हजार ६ सय २४ संक्रमित पुगेका छन्। हालसम्म विश्वभर ४ लाख ७१ हजार ६ सय ४० जनाको मृत्यु भइसकेको छ। यस्तै, विश्वभर ४५ लाख ११ हजार ६ सय ३ जना संक्रमित उपचार पछि निको भएका छन्।
जोन्स हप्किन्स विश्वविद्यालयको आज विहानको तथ्यांकअनुसार सबैभन्दा धेरै अमेरिकामा २३ लाख १० हजार ३ सय ३४ जना संक्रमित भएका छन्। त्यहाँ १ लाख २० हजार ३ सय ८४ जनाको मृत्यु भएको छ।
त्यस्तै ब्राजिल संक्रमित संख्या ११ लाख ४ हजार ५ सय ६१ जना पुगेको छ । त्यहाँ ५१ हजार २ सय २८ को मृत्यु भएको छ। रुसमा ५ लाख ९१ हजार ४ सय ६५ जना संक्रमित छन् भने ८ हजार १ सय ९६ जनाको मृत्यु भएको छ ।
यता छिमेकी देश भारतमा ४ लाख २५ हजार २ सय ८२ जनामा संक्रमण पुष्टि भएको छ। त्यहाँ १३ हजार ६ सय ९९ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ। बेलायतमा संक्रमित संख्या ३ लाख ६ हजार ७ सय ६१ जना पुगेको छ । त्यहाँ ४२ हजार ७ सय ३१ को मृत्यु भएको छ।
