
तनहुँँ । पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनी अन्तर्गत पर्ने राजमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरोका कारण तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्ग अवरुद्ध भएपछि सयौँ सवारी साधन रोकिएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार केही दिनयता परेको अविरल वर्षाले जमीन गलेका कारण माथिबाट डाँडो झरेपछि राजमार्ग अवरुद्ध बनेको हो ।
अहिले डोजर प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको छ । पहिरो हटाउन समय लाग्ने देखिएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
