
काठमाडौँ । विश्वमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या ९२ लाख नाघेको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा संक्रमितको संख्या ९२ लाख ३९ हजार ७ सय ९४ पुगेको छ । यस्तै हालसम्म विश्वभर ४ लाख ७६ हजार ९ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ४६ लाख १३ हजार ९ सय ६९ जना उपचार पछि निको भएका छन् ।
सबैभन्दा धेरै प्रभावित अमेरिकामा २३ लाख ४२ हजार ७ सय ३९ जना संक्रमित छन्। त्यहाँ १ लाख २१ हजार १ सय ७६ जनाको मृत्यु भएको छ।
यस्तै ब्राजिलमा संक्रमित संख्या ११ लाख ६ हजार ४ सय ७० पुगेको छ भने ५१ हजार २ सय ७१ को मृत्यु भएको छ। रुसमा ५ लाख ९८ हजार ८ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ भने ८ हजार ३ सय ३९ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।
यता भारतमा संक्रसिमत संख्या ४ लाख ४० हजार २ सय १५ पुगेको छ भने त्यहाँ १४ हजार ११ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ।बेलायतमा ३ लाख ७ हजार ६ सय ८२ जना संक्रमित भएका छन् भने त्यहाँ ४३ हजार ११ को संक्रमणबाट मृत्यु भएको छ।
