पोखराका ४ जनासहित गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका ४ जनासहित गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार साझ पोखरा महानगरपालिकाका २०, २३, ३० र ३६ बर्षका पुरूषहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

यस्तै गोरखाका १५ र ७७ बर्षका २ पुरुष र स्याङजाको गल्याङ नगरपालिकाका २१, २४,२४, २८, २९, ३१ बर्षका ६ जना पुरुष तथा ४२ बर्षीया एक महिलामा पनि कोरोना पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ ।

यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ७ सय ४२ पुगेको निर्देशनालयले जनाएको छ । आज बिहान मात्र कास्कीका ५ जना सहित गण्डकी प्रदेशका ८ जिल्लाका थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: