
हेमजा । अन्नपूर्ण गाउँपालिका –८ र ९ स्थित दाङसिङमा नेलम्बो नेपालले एक कार्यक्रमका बीच स्वास्थ्य सामग्री प्रदान गरेको छ।
हाल विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड—१९) को बढ्दो संक्रमण र उच्च जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै त्यसको रोकथाम र नियन्त्रणमा पूर्व सावधानी अपनाउनका लागि संस्थाले सामग्री प्रदान गरेको हो ।
संस्थाले पी.पी.ई सेट लगायत थर्मोमीटर, स्यानिटाईजर, सर्जिकल मास्क, सर्जिकल गल्वस, सेनिटाइजर, एन ९५ मास्र्क, गमबुट, हातधुने साबुन लगायतका स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरेको हो ।
अन्नपूर्ण ८ का वडा सदस्य टेकबहादुर गुरुङ, स्वास्थ्य चौकी इन्चार्ज बद्रीनाथ सुवेदीलाई ती सामग्री प्रदान गरिएको हो ।
संस्थाका अध्यक्ष एकदेव देवकोटा, कार्यक्रम संयोजक डा. किसन कोइराला, सम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारी सम्मिलित टोलीले ति सामग्री प्रदान गरेको हो ।
वडा सदस्य गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रम स्वास्थ्य चौकी इन्चार्ज सुवेदीले संचालन गरेका थिए ।यसअघि पनि संस्थाले कास्कीका दर्जनौ संघसंस्थालाई स्वास्थ्य सामग्री प्रदान गरेको थियो।योसँगै प्रथम चरणमा स्वास्थ्य सामग्री वितरण कार्यक्रम सकिएको संस्थाका अध्यक्ष देवकोटा बताए।
