
काठमाडौँ । भारतमा चट्याङ लागेर एकै दिन १०७ जनाको मृत्यु भएको छ । बिहीबार साँझ साढे ६ बजेतिर परेको चट्याङ लागेर बिहारमा ८३ तथा उत्तर प्रदेशमा बिहीबार २४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बिहारको २३ जिल्लामा चट्याङ पर्दा यति ठूलो सङ्ख्यामा मानवीय क्षति भएको हो । अझै पनि क्षतिको विवरण संकलन भइरहेकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने बिहारको विपद प्रबन्ध विभागले जनाएको समाचारमा उल्लेख छ ।
भारतमा अबको केही दिन चट्यांगसहित वर्षाको सम्भावना रहेकाले सचेत हुन मौसम विभागले आग्रह गरेको छ ।
कमेन्ट गर्नुहोस्
