नेपालमा थप ५९३ जनामा कोरोना संक्रमण

Share:

काठमाडौँ । नेपालमा थप ५९३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १०७ महिला र ४८६ जना पुरुष गरी ५९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मोरङका २ जना, झापाका ४ जना, सुनसरीका १० जना, धनुषाका १५ जना, महोत्तरीका ४ जना, सिराहाका ६ जना, अछामका १, बैतडीका २५ जना, बझाङ ९ जना, बाजुराका २७ बाराका २ जना, दार्चुलाका ३ जना, डोटीका ४६ गोरखाका ६ जना, कैलालीका ३१ जना, कञ्चनपुरका ४२ कपिलवस्तुका २१ जना, रौतहटका ५१ जना, सल्यानका ४ जना, नवलपरासी पूर्वका २३ जना नुवाकोटका १ जना, काठमाडौँका ३ जना, चितवनका १२ जना, गुल्मीका २४ जना, सिन्धुलीका ३ जनामा संक्रमण देखिएको हो ।

यस्तै कास्कीका १ जना, लम्जुङका ६ जना, बाग्लुङका १ जना, तनहुँका २ जना, स्यङ्जाका १ जना, अर्घाखाँचीका ३ जना, पाल्पाका ७६ जना, नवलपरासीका १ जना, रुपन्देहीका ६ जना, दाङ ७५ जना, प्युठानका २० जना, दैलेखका ५ जना, जाजरकोटका २ जना, मुगुका १ जना, सुर्खेतका १२ जना, जुम्लाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससहित नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ जना पुगेको छ। ती मध्य १२ सय ४९ महिला र १० हजार ५ सय ६ पुरुष छन् ।

देशका ७६ जिल्लामा संक्रमण देखिएको छ। रसुवाबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण भएको हो।

थप ४८ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ४८ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो पटक ८ महिला र ४० जना गरी ४८ जना निको भएका हुन्। योसहित नेपालमा हालसम्म जना २ हजार ६ सय ९८ उपचारपछि निको भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: