नेपालमा कोरोनाः थप ५५४ जनामा संक्रमण, संक्रमित १२ हजार नाघ्यो, ७७ जिल्लामा नै फैलियो

Share:

काठमाडौँ । नेपालमा थप ५५४ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १२० जना महिला र ४३४ जना पुरुष गरी थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उदयपुरका ७ जना, इलामका ५ जना, मोरङका २ जना, धनुषाका ३ जना, महोत्तरीका ३० जना, पर्साका २ जना, अछामका १३ जना, अर्घाखाँचीका १८ जना, बैतडीका २६ जना, बझाङका ४ जना, बजुराका ८६ जना, बाराका १२ जना, डडेलधुराका ८ जना, धादिङका ३ जना, डोटीका ७३ जना, गुल्मीका ७ जना, जाजरकोटका १ जना, कैलालीका १४ जना, कञ्चनपुरका ५ जना, कपिलवस्तुका ८ जना, पर्साका १ जना, रसुवाका ९ जना, रौतहटका ३४ जना, सल्यानका १३ जना, सर्लाहीका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै स्याङ्जाका २६ जना, चितवनका २ जना, नुवाकोटका ६ जना, मकावनपुरका २ जना, पाँचथरका १ जना, काठमाडौँका ४ जना, भक्तपुरका १ जना, बझाङ ४ जना, नवलपरासी पूर्वका २ जना, बाग्लुङका ८ जना, पाल्पाका २६ जना, प्युठानका ४९ जना, रुपन्देहीका ८ जना, बाँकेका २ जना, बर्दियाका ४ जना, दाङका ३१ जना, रोल्पाका १ जना, सुर्खेतका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । ती मध्य १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० जना पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालका सबै ७७ जिल्लामा नै संक्रमित भेटिएका छन् । शनिबार रसुवा जिल्लामा पनि कोरोना संक्रमिण भेटिएको हो।

थप १३६ जना कोरोना संक्रमणमुक्त

शनिबार थप १३६ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक १८ महिला र ११८जना गरी १३६ जना निको भएका हुन्।

योसहित नेपालमा हालसम्म जना २ हजार ८ सय ३४ उपचारपछि निको भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: