
काठमाडौँ । नेपालमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । कैलालीको लालगढ नगरपालिका–७ गोदावरीका ५० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
ती पुरुषको चितवनस्थित भरतपुर अस्पतालको आइसियूमा उपचारका क्रममा शनिबार बिहान ७ बजे मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ती पुरुष फोक्सो क्यान्सरका रोगी रहेको र उपचारका सिलसिलामा भारतबाट फर्किएका थिए। स्वास्थ्यमा समस्यादेखि यही असार १० गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको थियो।
उपचारका क्रममा उनको स्वाब परीक्षण गर्दा भरतपुर कोभिड–१९ प्रयोगशालाले उनलाई बिहीबार राती कोरोना सङ्क्रमण पुष्टि गरेको थियो। कोरोना पुष्टि गरेसँगै बिहीबार भरतपुर अस्पताल रिफर गरिएको थियो ।
योसँगै नेपालमा २८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयलले जनाएको छ ।
