पहिरोमा पुरिएर स्याङजामा एक पुरुषको मृत्यु

Share:

स्याङजा । स्याङजामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ।

गल्याङ नगरपालिका–९ साङ्लियामा घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो । गम्भीर घाईते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी श्रीमती र छोरासहित बस्दै आएका थिए। उनकी श्रीमतीको पाल्पास्थित मिसन अस्पतालमा उपचारका लागि लगिएको वडाध्यक्ष खनालले बताइएको छ । छोराको सकुसल छन् ।

अविरल वर्षाका कारण ग्रामीण कच्ची सडकमा पहिरो गई रुख ढलेका कारण राति समयमै अस्पताल पु¥याउन नसकिएको स्थानीयले बताएका छन्।

घटनास्थलमा अहिले प्रहरी टोली पुगेको र घटनाका बारे थप अनुसन्धान भैरहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: