रबिन्द्र स्मृती प्रतिष्ठानद्वारा बृक्षारोपण

Share:

पोखरा । जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती तथा दोस्रो राष्ट्रिय वृक्षरोपण दिवसको सन्दर्भमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानको आयोजनामा बृक्षारोपण कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य एबम गण्डकी प्रदेशका सह इन्चार्ज प्रतिनिधि सभा सदस्य खगराज अधिकारिले उद्घाटन गरेका थिए। अधिकारिले जननेता मदनकुमार भण्डारीले बिश्व कम्युनिस्ट आन्दोलनलाइ नेपालबाट नयाँ शिराबाट उठाएको भन्दै भन्डारिको योगदानको चर्चा गरे।

पोखरा ३३र २१ मा पर्ने रबिन्द्र स्मृती पार्क र सर्मानेढुँङ्गामा आयोजित कार्यक्रममा केन्द्रिय कमिटी सदस्यद्वय श्रीनाथ बराल, सीता गिरि ओलि, केन्द्रीय सदस्य एबम पोखरा महानगरका मेयर मान वहादुर जि सि, नेकपा कास्की अध्यक्ष एबम प्रदेश साम्सद कृष्ण बहादुर थापा, पोखरा ३३ का वडा अध्यक्ष शिव प्रसाद आचार्य, नेकपा कास्की जिल्ला कमिटी सदस्य झपट रानाभाट लगायतले नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भन्डारिको योगदानको चर्चा गर्दै ने क पा लाइ अझै सुढृढ एकताका साथमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिएका थिए ।

सो अबसरमा वर, पिपल, सुमि,असोका, कल्चा लगायतका करिब २५० बिरुवा रोपिएको बताइएको छ। रबिन्द्र स्मृती प्रतिस्ठानका अध्यक्ष प्रतिनिधि सभा सदस्य बिद्या भट्टराई अधिकारिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कास्किका सचिबालय सदस्य दामोदर बैरागिले गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: