
काठमाडौँ । नेपालमा थप एक कोरोना (कोभिड–१९) संक्रमित को मृत्यु भएको छ । रौतहटका ३० वर्षीय पुरुषको ललितपुरको स्टार अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
उनको मृत्यु शनिबार राति भए पनि पिसीआर परीक्षणको रिपोर्ट सोमबार बिहान आएको बताइएको छ ।
मन्त्रालयका अनुसार उनमा श्वासप्रश्वाससम्बन्धी समस्या थियो। उनको कन्ट्याक ट्रेसिङ गरिने जनाइएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।
कमेन्ट गर्नुहोस्
