अहिलेकै अवस्थाको लकडाउन साउन ७ सम्म लम्ब्याउने निर्णय

Share:

काठमाडौँ । सरकारले अहिलेकै मोडलको लकडाउन साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको हो ।

असार १ बाट लागू भएको पहिलो चरणको लकडाउन खुकुलो बनाउने कार्यविधिको अवधि असार २१ मा सकिँदै थियो। तर सोभन्दा एकसाता अघि नै सरकारले साउन ७ सम्म पहिलो चरणमा खोल्ने भनिएका सेवा तथा उद्योग मात्र संचालन गर्न पाउने व्यवस्था गरेको हो।

यो निर्णयअनुसार साउन ७ सम्म सार्वजनिक सवारी साधन चल्ने छैनन् निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्नेछन् । बैक, वित्तीय संस्था, सहकारी, बीमा सेवा सञ्चालन हुनेछन् ।

उद्दार बाहेकका सबै हवाई उडान बन्द हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाहरू पनि बन्द नै रहनेछन् ।

सभा समारोह, प्रदर्शन गर्न पाइने छैन भने सिनेमा हल, डान्सबार, पुस्तकालय, संग्रहालय, समूहमा खेलिने खेल, स्वीमिङ पुलहरू पनि खुला हुने छैनन् । सरकारले तोकेका २० बाहेक अरू अन्तर्राष्ट्रिय सीमा नाका पनि बन्द नै रहनेछ ।

रेस्टुरेन्टहरू प्याकिङ र टेक अवे सेवा दिने गरी खुला गर्न सकिनेछ भने क्वारेन्टिन बनाइएका बाहेकका होटलहरू बन्द नै रहनेछन् ।

कमेन्ट गर्नुहोस्
Share: