करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु

Share:

तनहुँ । तनहुँमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

आज (बिहीबार) विहान ११ बजे व्यास नगरपालिका–६ सेखाटारकी ५८ वर्षीया हेकुठिनी श्रेष्ठलाई मिक्स्चर चलाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते भएकी श्रेष्ठलाई उपचारका लागि रत्नहरि अस्पताल दमौली लगिएकोमा दिउँसो साढे १२ बजे डाक्टरले मृत घोषित गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: