पोखराका एक जनासहित गण्डकीमा १७ जना कोरोना संक्रमित थपिए

Share:

पोखरा । कास्कीको पोखरा महानगरपालिकाका एक जनासहित गण्डकी प्रदेशमा १७ जनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भएको परीक्षणबाट बिहीबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निदेशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका ३३ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । यस्तै लमजुङको मध्यनेपालका २६ ४१ २७ ५० वर्षका ४ जना पुरुष, सुन्दरबजारका ३६ ४८ र ६० वर्षका पुरुष र ३५ वर्षीया महिला, बेशीसहरका २४ २७ र ३४ वर्षका पुरुष, दोर्दीका २४ र २६ वर्षका पुरुष, दूधपोखरीका ५० वर्षीय पुरुष, मर्स्याङ्दीका ३९ वर्षीय पुरुष र राइनासका ४५ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको हो ।

यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ३१ पुगेको छ ।

हालसम्म गण्डकी प्रदेशमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । आज मात्र म्याग्दीका ४७ दिनको एक शिशुको मृत्यु कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्
Share: