
काठमाडौँ । नेपालमा (आज) शुक्रबार एकैदिन थप ७४० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ७४० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघेको छ। आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १५ हजार २५९ जना पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म ३२ कोरोना संक्रमितको भने मृत्यु भएको छ।
८२३ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप ८२३ जना कोरोना संक्रमणमुक्त भएका छन्। उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा हालसम्म ६ हजार १ सय ४३ जना उपचारपछि निको भएका छन्।
