
बाग्लुङ । क्वारेन्टीनमा बसेका बागलुङका एक युवकको मृत्यु भएको छ। शनिबार राति १२ बजे निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
उनी केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा बसेका थिए ।
उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको बताइएको छ । पिसीआर रिपोर्ट अहिलेसम्म आएको छैन । रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
