
बागलुङ । बागलुङमा क्वारेन्टीनमा मृत्यु भएका युवकमा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । निसिखोला–२ का २९ वर्षीय मृतक सुनिल विकको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।
केही समय अगाडि भारतबाट आएर उनी ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टीनमा बस्दै आएका थिए । आइतबार बिहानै क्वारेन्टीनमै उनको मृत्यु भएको थियो । लामो समयदेखि भारतमा बस्दै आएका उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।
उनको शव व्यवस्थापन गर्न सेनालाई जिम्मा दिइएको छ । यस सँगै नेपालमा कोरोनाबाट मर्नेको संख्या ३५ पुगेको छ ।
कमेन्ट गर्नुहोस्
