कोरोनाबाट विश्वभर १ करोड १३ लाख बढी संक्रमित, ५ लाख ३३ हजारको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १ करोड १३ लाख ९८ हजार ५ सय १ पुगेको छ । यस्तै संक्रमणबाट विश्वमा मृत्यु हुनेको संख्या ५ लाख ३३ हजार ३ सय ४३ पुगेको छ भने ६१ लाख ५६ हजार ३ सय ६० संक्रमित उपचार पछि निको भएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमित संख्या २८ लाख ७६ हजार १ सय ४३ पुगेको छ भने १ लाख २९ हजार ८ सय ९१ संक्रमितको मृत्यु भइसकेको छ।

यस्तै, ब्राजिलमा संक्रमित संखया १६ लाख ३ हजार ५५ पुगेको छ भने ६४ हजार ८ सय ६७ संक्रमितको मृत्यु भइसकेको छ । रुसमा ६ लाख ८० हजार २ सय ८३ संक्रमित छन् भने १० हजार १ सय ४५ संक्रमितको मृत्यु भइसकेको छ ।

यता छिमेकी देश भारतमा संक्रमित संख्या ६ लाख ७३ हजार १ सय ६५ पुगेको छ भने १९ हजार २ सय ६८ संक्रमितको मृत्यु भइसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: