पोखराका एक महिलासहित गण्डकीमा थप १७ जनामा कोरोना पुष्टि

Share:

पोखरा । पोखराका एक महिलासहित गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार सोमबार दिउँसो कास्कीको पोखरा महानगरपालिकाका ५१ वर्षीया महिलासहित बाग्लुङमा ४ पुरुष तथा १ महिला र लमजुङमा ११ जना पुरुष गरि थप १७ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १ सय १३ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: