
काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १ करोड १५ लाख ७९ हजार ८ सय ३७ पुगेको छ। पछिल्लो तथ्यांकअनुसार विश्वमा संक्रमणबाट मृत्यु हुनेको संख्या ५ लाख ३६ हजार ८ सय १४ पुगेको छ भने उपचार पछि निको हुनेको संख्या ६२ लाख ६९ हजार ८ सय ६० पुगेको छ।
कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमित संख्या २९ लाख ३१ हजार १ सय ४२ पुगेको छ भने १ लाख ३० हजार २ सय ४८ जनाको मृत्यु भइसकेको छ।
यस्तै, ब्राजिलमा संक्रमित संख्या १६ लाख २३ हजार २ सय ८४ पुगेको छ भने ६५ हजार ४ सय ८७ मृत्यु भएको छ । रुसमा संक्रमित संख्या ६ लाख ८६ हजार ७ सय ७७ पुगेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २ सय ७१ पुगेको छ ।
यता छिमेकी देश भारतमा संक्रमित संख्या ६ लाख ९७ हजार ४ सय १३ पुगेको छ भने संक्रमणबाट १९ हजार ६ सय ९३ जनाको मृत्यु भइसकेको छ।
