रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

683
0
Share:

काठमाडौँ । देवता रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले बुधबार हुने भनिएको रथारोहण स्थगित गरिएको हो ।

गुठी संस्थान कार्यालय ललितपुरले मीननाथका ञ्वाँल नाइके चिरीकाजी महर्जनलाई आज अपराह्न पत्र लेखी उक्त निर्णयबारे जानकारी गराएको हो ।

मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले बुधबार उत्तम साइत रहेको ठहर गरी पुल्चोकमा धमाधम वर्षा र सहकालका देवता बुँगद्योको रथ निर्माणको काम आजसम्म भइरहेको थियो ।

लिच्छवीकालमा नरेन्द्र देवको पालादेखि निरन्तर चल्दै आएको भनिएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ ।

कमेन्ट गर्नुहोस्
Share: