थप २ सय ५५ जनामा कोरोना पुष्टि, २५३ जना संक्रमणमुक्त

Share:

काठमाडौँ । नेपालमा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा २ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रलयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अनुसार सबैभन्दा धेरै कैलालीमा ३६ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै रौतहटका ३३ जना, अछामका १७, काठमाडौँमा १६, कास्की र सुर्खेतका १४/१४ जना, डोटी र कञ्चनपुरका १२/१२ जना, ललितपुर र झापाका ८/८, रुकुम पश्चिमका ७ जना, पाल्पा, दैलेख, दाङ, चितवन र अछामका ५/५ जना, मोरङ, सप्तरी र बझाङका ४/४ जना, नवलपुर, सुनसरी, गुल्मी र सर्लाहीका ३/३ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै इलाम, सिराहा, बैतडी, काभ्रे, रामेछाप, गोरखा, बाँके, मुगु र डडेलधुराका २/२ जना तथा म्याग्दी, तेह्रथुम, दोलखा, धादिङ, लमजुङ, सिन्धुपाल्चोक, बारा, प्युठान, दार्चुला, कालिकोट र जाजरकोटका एक/एक जना संक्रमित थपिएका छन् ।

यससँगै संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेको छ।

थप २५३ जना कोरोना संक्रमणमुक्त

गत २४ घण्टामा थप २ सय ५३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको हो।

योसहित नेपालमा हालसम्म ७ हजार ७ सय ५२ जना उपचारपछि निको भएका छन्। यो कुल संक्रमितको ४७ प्रतिशतभन्दा बढी भएको मन्त्रालयले जनाएको छ।

हालसम्म ३५ जना कोरोना संक्रमितको भने मृत्यु भएकोे छ।

कमेन्ट गर्नुहोस्
Share: