
काठमाडौँ । विश्वभर कोरोना (कोभिड–१९) संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ। पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या १ करोड २२ लाख ३८ हजार ३४ पुगेको हो। त्यस्तै, विश्वमा ५ लाख ५४ हजार ३ सय ५० संक्रमितको मृत्यु भएको छ भने ६७ लाख १६ हजार ६ सय ८३ जना संक्रमणमुक्त भइसकेका छन्।
जोन्स हप्किन्स विश्वविद्यालयकाका अनुसार सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमित संख्या ३१ लाख ११ हजार ९ सय २ पुगेको छ भने १ लाख ३३ हजार १ सय ९५ संक्रमितको मृत्यु भइसकेको छ।
यस्तै ब्राजिलमा १७ लाख ५५ हजार ७ सय ७९ संक्रमित छन्् भने ६९ हजार १ सय ८४ संक्रमितको मृत्यु भएको छ ।
यता भारतमा संक्रमित संख्या ७ लाख ६७ हजार २ सय ९६ पुगको छ भने २१ हजार १ सय २९ संक्रमितको मृत्यु भएको छ । रुसमा संक्रमित संख्या ७ लाख ६ हजार २ सय ४० पुगेको छ भने १० हजार ८ सय २६ संक्रमितको मृत्यु भएको छ।
