
काठमाडौँ । पछिल्लो २४ घण्टामा विश्वमा २ लाख २८ हजार १ सय २ जनामा नयाँ संक्रमित थपिएका छन् । एकै दिन धेरै संक्रमित थपिएको यो नयाँ रेकर्ड हो। जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २४ लाख ४६ हजार १ सय ५ पुगेको छ।
यस्तै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ५८ हजार ६ सय ८३ पुगेको छ भने ६८ लाख २८ हजार ३ सय ५६ जना संक्रमणमुक्त भएका छन् ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमित संख्या ३१ लाख ७५ हजार ५ सय ४५ पुगेको छ भने मृत्यु हुनेहरुको संख्या १ लाख ३३ हजार ९ सय ६९ पुगेको छ।
यस्तै दोस्रो प्रभावित ब्राजिलमा संक्रमितको संख्या १८ लाख ८ सय २७ पुगेको छ भने मृत्यु हुनेको संख्या ७० हजार ३ सय ९८ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै तेस्रो प्रभावित भारतमा संक्रमितको संख्या ७ लाख ९३ हजार ८ सय २ पुगेको छ भने मृतक संख्या २१ हजार ६ सय ४ पुगेको छ।
