कोरोनाबाट विश्वमा संक्रमितको संख्या १ करोड २६ लाख नाघ्यो, ५ लाख ६३ हजार बढीको मृत्यु

Share:

काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १ करोड २६ लाख नाघेको छ। पछिल्लो तथ्यांकअनुसार विश्वभर संक्रमित १ करोड २६ लाख ७१ हजार ५ सय ९२ पुगेको हो। यसैगरी मृत्यु हुनेहरुको संख्या ५ लाख ६३ हजार ८ सय ४१ पुगेको छ भने हालसम्म ६९ लाख ७५ हजार २ सय २७ जना निको भइसकेका छन्।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमित हुनेको संख्या ३२ लाख ४२ हजार ७३ पुगेको छ भने मृत्यु हुनेको संख्या १ लाख ३२ हजार ७ सय २९ पुगेको छ।

यस्तै ब्राजिलमा १८ लाख ३९ हजार ८ सय ५० जना संक्रमित छन् भने त्यहाँ ७१ हजार ४ सय ६९ संक्रमितको मृत्यु भइसकेको छ ।

विश्वमा तेस्रो प्रभावित भारतमा संक्रमित संख्या ८ लाख २० हजार ९ सय १६ पुगेको छ भने त्यहाँ २२ हजार १ सय २३ संक्रमितको मृत्यु भएको छ । रुसमा संक्रमित संख्या ७ लाख १९ हजार ४ सय ४९ पुगेको छ भने ११ हजार १ सय ८८ संक्रमितको मृत्यु भएको छ।

कमेन्ट गर्नुहोस्
Share: