नेपालमा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि, १७ सय जना डिस्चार्ज

Share:

काठमाडौँ । नेपालमा थप १४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १४४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार सबैभन्दा धेरै सुर्खेतमा ४१ जनामा संक्रमण देखिएको छ ।

यस्तै धनुषामा २७ जना, कैलालीमा ११ जना, रौतहट र कपिलवस्तुमा ९/९ जना, ललितपुरमा ५ जना झापा र महोत्तरीमा ४/४ जना, काठमाडौँमा ३ जना, तनहुँ, बागलुङ, म्याग्दी, दाङ, रुकुम पश्चिम, दैलेख, बैतडी, बझाङ र बर्दियामा २/२ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पर्वत, स्याङ्जा, मोरङ, सुनसरी, सप्तरी, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुली, मकवानपुर, अछाम, जाजरकोट र बाँकेमा १/१ जनामा संक्रमण देखिएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ जना पुगेको छ।

१७ सय जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ५ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमल जानकारी दिए ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा हालसम्म उपचारपछि निको भएर डिस्चार्ज हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: