पोखरामा निर्माणधीन घरको छतबाट खसेर एक गम्भीर घाइते

Share:

पोखरा । पोखराको न्यूरोडमा निर्माणधीन घरको छतबाट खसेर एक जना गम्भीर घाइते भएका छन् ।

बुधबार बिहान करिब ७ः४५ बजे पोखरा–८ न्यूरोडस्थित नारायण बहादुर कार्कीको निर्माणधीन घरको छतबाट खसेर बर्दिया घर भएका ५० वर्षीय औसे जैशी गम्भीर घाइते भएका हुन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार निर्माणधीन घरको तेस्रो तलाको छतमा पानी हाल्ने क्रममा जैशी खसेका थिए ।

उनको हाल गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: