गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा प्रदेश लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक सम्बन्धी विधेयक प्रमाणिकरण

Share:

पोखरा । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश लोकसेवा आयोगका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणिकरण गरेका छन् ।

नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम गण्डकी प्रदेश प्रमुख शेरचनले बुधबार सो विधेयक प्रमाणिकरण गरेका जनाइएको छ । यसअघि, सो विधेयक गण्डकी प्रदेशसभाबाट पारित भइ सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: