बन्द गराउँदै हिडेका ५ जना रुपन्देहीमा पक्राउ

Share:

बुटवल, पुस १६-
रुपन्देहीमा बन्द गराउँदै हिँडेका ५ जना पक्राउ परेका छन् ।
वडा प्रहरी कार्यालय बुटवलका अनुसार खैरेनीमा बन्द गराउँदै र गाडी रोक्दै गरेका ५ जनालाई पक्राउ गरिएको हो । प्रहरीले बुटवलको राजमार्ग चौराहामा वन्द आयोजकले रोकिराखेका गाडी सञ्चालन गराएको छ ।
नेपाल भारत सिमा नाका बेलहियामा लुम्बिनी प्रदेशमा यहाँहरुलाई स्वागत छ भनेर राखिएको होडिङ्ग बोर्ड प्रशासनले हटाइदिएको विरोधमा राष्ट्रिय जनमुक्ति पार्टीले रुपन्देही बन्दको आह्वान गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: