नेकपा सचिवालय बैठक आज बस्दै

Share:

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (शनिबार) बस्दै छ । नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको हो ।

सचिवालय बैठक आज दिउँसो तीन बजे बस्ने छ ।

गत असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडानमा छन् ।

शीर्ष नेताहरुबीचको विवादका कारण स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै आइतबारसम्मका लागि स्थागित भएको छ। यसबिच नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल समेत भएको थियो । तर ती छलफलबाट पनि सहमति नजुटेपछि नेताहरु सचिवालय बैठकमा फर्किएका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: