प्यूठानमा ट्याक्टर दुर्घटना, सात मजदुरको मृत्यु

Share:

काठमाडौँ । प्यूठानमा ट्याक्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ।

स्वर्गद्वारीको धरमपानीबाट भिङ्ग्रीका लागि छुटेको लु २ च ४२३४ नम्बरको ट्याक्टर स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति दुर्घटना हुँदा सात जनाको ज्यान गएको प्यूठानका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु सबै बाटो बनाउन खटिएका मजदूर हुन्। भिङ्ग्री–स्वर्गद्वारी सडक खण्डको स्तरोन्नत्तीका लागि खटिएका ती मजदुर सबै रोल्पाका भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिकाका चालक वर्ष २५ कमल कुँवर, रोल्पाकै रुम्टगढी गाउँपालिका ५ का वर्ष २१ का सागर बस्नेत, वर्ष २४ का रिमबहादुर बस्नेत, वर्ष २५ का कविराम बस्नेत, वर्ष १९ का बिरेन्द्र बाठा मगर, वर्ष १९ का थमन बाठा मगर र गोर्बधन बुढामर रहेका छन् ।

ट्याक्टर सडकबाट झण्डै ५ सय मिटर तल खसेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: