अन्नपुर्ण प्याथल्याबमा ल्याब परिक्षणमा साउन महिनाभरी विशेष छुट

Share:

पोखरा । पोखराको महेन्द्रपुलमा रहेको अन्नपुर्ण प्याथल्याबले आफ्ना सेवाग्राहीहरुलाई साउन महिनाभरी विशेष छुटको व्यवस्था गरेको छ ।

अत्याधुनिक प्रविधियुक्त ल्याब संचालन गरिरहेको अन्नपुर्ण प्याथल्याबले साउन महिनाभरी रगतमा भएको खराब बोसोको परिक्षण (टिजि) मा शतप्रतिशत छुट र सुगर, थाइराइड लगायत होलबडी परिक्षणमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको संचालक ठाकुर प्रसाद पन्तले जानकारी दिए ।

“देशमा अझै लकडाउन छ, सेवाग्राहीहरु लामो समय देखि आफ्नो स्वास्थय परिक्षण गराउन आउन पाउनुभएको छैन, त्यसैले अब यो साउन महिलाभर आउने सेवाग्राहीहरुलाई हामीले छुटको व्यवस्था गरेका छौ”, संचालक पन्तले भन्नुभयो – “आगामी दिनमा पनि हामी ल्याबबाट दिन सकिने छुटहरु दिने छौँ ।”

पन्तका अनुसार अन्नपुर्ण प्याथ ल्याब यो प्रदेशमा नै अत्याधुनिक प्रविधि र मेसीनहरुद्धारा परिक्षण गरिने ल्याब हो ।

कमेन्ट गर्नुहोस्
Share: