पहिरोले अवरुद्ध सडक खुलाउन समय लाग्ने, अनावश्यक यात्रा नगर्न सडक विभागको आग्रह

Share:

काठमाडौँ । पछिल्लो केही दिनयता परेको झरीका कारण आएको बाढी पहिरोले देशका विभिन्न ठाउँको सडक अवरुद्ध भएको छ ।

त्रिभुवन राजपथ र विपी राजमार्गबाहेक अरु राजमार्गका ठाउँठाउँमा पहिरो गएको सडक विभागले जनाएको छ ।

धेरै ठाउँमा पहिरो खसेको तथा केही ठाउँमा बेलिब्रिज नै बगाएकाले पानी नरोकिएसम्म बन्द भएका बाटो खुलाउन सम्भव नभएको जनाइएको छ ।

यस्तो अवस्थामा अनावश्यक यात्रा नगर्न विभागले आग्रह गरेको छ ।

आज मुग्लिन–नारायणगढ सडकको पहिरो सफा गर्ने तयारी भएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: